मूर्ति विसर्जनका क्रममा बेपत्ता भएका युवकको शव फेला
रूपन्देही | कात्तिक ९, २०८०
सांकेतिक तस्वीर
रुपन्देही: दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । रुपन्देहीको मर्चवारमा अस्ति मङ्गलवार दुर्गा मूर्ति विसर्जन गर्न गएका तीनमध्ये दुई जनाको मृत्यु भएको थियो भने एकजना बेपत्ता भएको थिए ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सिमानामा रहेको तिनाउ र दानव नदी सीमाको मुहानमा डुबेर कोटहीमाई– १ का २० वर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएका थिए । राजभरको शव आज भेटिएको हो । दुर्घटनामा परेर स्थानीय २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको मृत्यु भएको थियो ।
त्यस ठाउँका स्थानीयले स्थापना गरेको दुर्गा मूर्ति विसर्जन गर्न बडादशैँका दिन ती युवा नदी किनारमा पुगेका थिए । खोजीका क्रममा आज अपरान्ह घटनास्थलबाट केही तल तैरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

