इजरायलमा मारिएका थप ३ नेपालीको शव पहिचान, दुई जनाको सनाखत हुन बाँकी
काठमाडाैं | कात्तिक १२, २०८०
काठमाडौं: इजरालयमा प्यालेस्टाइनी समूह हमासको आक्रमणमा पारिएका थप ३ जना नेपालीको शव पहिचान भएको छ ।
इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा मारिएका थप ३ नेपाली विद्यार्थीको शव पहिचान भएको जानकारी आएको बताएको छ ।
दूतावासका अनुसार पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको पहिचान भएको छ ।
हमासको आक्रमणमा इजरायलमा १० नेपाली मारिएका थिए । तीमध्ये ५ जनाको शव यसअघि नै पहिचान भई नेपाल ल्याइसकिएको छ ।
बाँकी दुई जनाको भने हालसम्म शव पहिचान हुन सकेको छैन ।
आक्रमणमा घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने एक जना नेपाल पुगिसकेका छन् र एक जना इजरायलको नेपाली दूतावासको हेरचाहमा रहेका छन् ।
काठमाडौं: यस पटको बडा दशैंको टीकाको साइत असोज १६ गते विहिवार विहान ११ बजेर ५३ मिनेटमा रहेको छ । नेपाल पाञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस पटक बडादशैंको घटस्थापनाको साइत अस...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीलाई पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी सँघले कम्प्युटर तथा प्रिन्टर सहयोग गरेको छ । जिल्ला प्रहरी कार्यालय पुगेर सँघका अध्यक्ष जीवन गुरुङ, सचिव दिलु ल...
काठमाडौं: मङ्गलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँ पुगेसँगै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ...