दाङमा प्रहरी नियन्त्रणमा रहेका व्यक्ति शौचालयबाट फरार
दाङ | कात्तिक १३, २०८०
सांकेतिक तस्वीर
दाङ: दाङमा चोरी अभियोगमा पक्राउ परेका एक कैदी फरार भएका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नियमित स्वास्थ्य जाँचको लागि लगिएको अवस्थामा शौचालय जाने बहानामा १८ वर्षीय विवेक नेपाली फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले कैदी फरार भएको पुष्टि गरेका छन् । हिरासतमा राखिएका कैदीलाई क्षयरोगको शंका लागेपछि खकार परीक्षणका लागि प्रतिष्ठानमा लगिएको थियो ।
पाँच जना सुरक्षाकर्मी सहित अस्पताल लगिएका नेपाली भागेपछि उनको खोजी तीव्र पारिएको छ । उनी अहिलेसम्म फेला परेका छैनन् । प्रहरीले चोरी अभियोगमा नेपालीलाई शनिबार साँझ नियन्त्रणमा लिएको थियो ।
व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...

