जाँड–रक्सी खाएर सुरक्षाकर्मीलाई अभद्र व्यवहार गर्ने १२ जना पक्राउ

काठमाडाैं | कात्तिक १३, २०८०

जाँड–रक्सी खाएर सुरक्षाकर्मीलाई अभद्र व्यवहार गर्ने १२ जना पक्राउ सांकेतिक तस्बिर

गुल्मीमा जाँड–रक्सी खाएर सुरक्षाकर्मीलाई अभद्र व्यवहार गर्ने १२ जना पक्राउ परेका छन् । बिहीवार मालिका गाउँपालिका–४ अर्खबाङ्गमा जाँड–रक्सी खाएर होहल्ला गरिरहेका युवालाई सम्झाउँदा उनीहरूले प्रहरीलाई नै अभद्र व्यवहार गरेका गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो ।

 

पक्राउ पर्नेहरूमा मालिका गाउँपालिका–२ का केशव खड्का, मालिका ३–का सन्तबहादुर थापा, अनिल थापा, विशाल थापा, विकल्प थापा, नरेन्द्र थापा, भरत थापा, नारायण पाण्डेय, विपिन थापा, गुञ्जबहादुर थापा, मालिका–८ का साहिल जिसी र रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ का अनिल ठकुरी रहेका छन् ।

 

पक्राउ परेकाहरूलाई शान्ति सुरक्षा खलबलाएको कसुरमा सार्वजनिक मुद्दा चलाउने तयारी गरिएको प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो ।

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...

थप पढ्नुहोस्

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार ए...

थप पढ्नुहोस्

पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।   गण्डकी प्रद...

थप पढ्नुहोस्