जिसस कास्कीको टोली रुपा अनुगमनमा
पाेखरा | असार ८, २०७९
पोखरा : जिल्ला समन्वय समिति कास्कीको टोलीले रुपा गाउँपालिका निर्माणाधिन पुर्वाधारको अनुगमन गरेको छ ।
जिसस प्रमुख लिलाधर पौडेललको नेतृत्वमा सो गाउँपालिकामा संघीय, प्रदेश र स्थानिय तहहरुबाट संचालित विभिन्न विकासका योजनाहरुको अनुगमनमा निस्किएको हो ।
अनुगमनको क्रममा प्रमुख पौडेलले संघीयताको मर्म अनुसार काम सपन्न आग्रह गर्दै जनताको विकासको अपेक्षा पूरा गर्न गुणस्तरीय परिणाम निस्कने गरी कार्य सपन्न आग्रह गरे ।
कुनै पनि नागरिकले कुनै बहानामा दुःख पाउन नहुने भन्दै सवै जनप्रतिनिधि जनताको अवस्था परिवर्तन गर्न लागि पर्नुपर्नेमा जोड दिए । समन्वय कास्कीका सदस्य राजु अधिकारी, हर्क बहादुुर गुुरुङ, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुब्बा गुुरुङ प्रशासकीय अधिकृत सन्तोष ढुङ्गाना, प्राविधिक, इन्जिनियर तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
अनुगमनमा स्थानिय साझेदारी कार्यक्रम अन्र्तगत रुपा गाउँपालिका वडा नं. ३ मा निर्माणाधिन गाउँघर क्लिनिक स्वास्थ्य चौकी भवन, सेवा प्रदान गरिहरेको रुपाकोट अस्पताल, पालिकाको प्रशासकिय सेवा, संञ्चालित अन्य योजनाको अनुगमन सहित आवश्यक निर्देशन समेत दिएको थियो ।
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

