पोखरामा पुष्प मेला सुरु
पाेखरा | कात्तिक १७, २०८०
पोखरा: पोखरामा शुक्रवारदेखि सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौँठो गण्डकी प्रादेशिक पुष्प मेला–२०८० सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।
पोखरालाई आवश्यक पर्ने पुष्प तथा फुलहरूको उत्पादनमा वृद्धिका लागि लगानी सहकार्य गर्न र व्यवसायीहरूलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
मेलामा २० वटा विभिन्न प्रजातिका फूलहरूको स्टल राखिएको छ भने, २ वटा कृषि सामाग्रीको स्टल राखिएको छ । २० भन्दा बढी प्रजातिका गोदावरी फुलहरू प्रदर्शनीमा राखिएको छ । महानगरका १०९ जना कृषकहरूले व्यवसायीक रूपमा गोदावरी फुलको खेती गर्दै आएका छन् ।
व्यापार भन्दा पनि प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको एसोसिएसनले जनाएको छ । पोखरामा यस वर्ष स्थानीय पुष्प व्यवसायीहरूसँग सहकार्य गरी थप १६५ रोपनी क्षेत्रफलमा सयपत्री फुलखेती गरिएको महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताउनुभयो । फुल आवश्यक परेमा वडा स्तरीय कृषि सञ्जाल, किसान बजार, साझेदार बजार तथा कृषि विकास शाखामा सम्पर्क गर्न उहाँले अनुरोध पनि गर्नुभयो ।
पोखरा बाहिरबाट पुष्पजन्य वस्तु आयातमा रोक लगाइएकाले सो व्यवस्थाको विपरीत कोही कसैले गरेको पाइए वा प्लास्टिकका फुलमालाहरु आयात तथा विक्री वितरण गरेको भेटिए नियमानुसार कारबाही गरिने महाशाखाले जनाएको छ ।मेला पोखरा रङ्गशालामा २० कात्तिक सम्म चल्नेछ ।
म्याग्दी: पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । ...
काठमाडौं: भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आइतबार २४ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाली टोलीको...
पोखरा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्। खुमा अर्याल फाउन्डेसन र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डक...

