मर्दीमा माछापुच्छ्रेले एकैदिनमा उठायो २८ हजार रुपैयाँ कर, हाइक्याम्पमा विवाद

कास्की | कात्तिक १८, २०८०

मर्दीमा माछापुच्छ्रेले एकैदिनमा उठायो २८ हजार रुपैयाँ कर, हाइक्याम्पमा विवाद

कास्की:  माछापुच्छ्रे गाउँपालिकाले अघिल्लो शुक्रबार पालिकाभित्र रहेका पर्यटकीयस्थलमा पदमार्ग जान आन्तरीक र बाह्य पर्यटकलाई शूल्क तोकेपछि त्यसको कार्यान्वयन हुन थालेको छ । 

 

गाउँपालिकाले दिएको जानकारी अनुसार शुक्रबारमात्रै २८ हजार २ सय रुपैैयाँ करवापत शूल्क उठेको छ । जसमध्ये ५ सय रुपैयाँकादरले बाह्य पर्यटकबाट १२ हजार ५ सय र आन्तरीकबाट १५ हजार ७ सय रुपैयाँ कर उठेको पालिका ८ का वडाध्यक्ष राम गुरुङले जानकारी दिए । 

 

उक्त कर अनुसार शुक्रबार २५ बाह्य र १ सय ५७ जना आन्तरिक पर्यटक पालिकाको आकर्षण मानिएको मर्दी हिमालतर्फ लागेका छन् । 
 

 

पालिकाले शूल्क लिने भएपछि यसको पक्ष र विपक्षमा प्रतिक्रिया आइरहेका छन् । तर पालिकाले भने पर्यटककै सुरक्षामा उक्त रकम खर्चिने जनाएको छ । विशेषतः सूचना र जानकारीमा विशेष ध्यान दिइने गाउँपालिकाले जनाएको छ । 

 

उक्त शूल्क बुझाएपछि पर्यटकलाई प्रत्येक दिन कहाँ, कस्तो अवस्थामा रहेको जानकारी लिइने र पदमार्गमा कुनै समस्या आए त्यसको समाधानमा जुट्ने वडाध्यक्ष गुरुङले बताए । 

 

‘पर्यटक पदमार्गमा अघि बढेपछि उनीहरुको जानकारी लिइन्छ, कुनै अप्ठेरो परे तत्काल समाधानको पहल गरिन्छ’ गुरुङले भने ‘बेलुकी कुन होटलमा बसे र त्यहाँ मूल्य अनुसारको सेवा पाए वा पाएनन् त्यसको जानकारी लिइनेछ ।’

 

त्यस्तै, पदयात्राका दौरान कुनै संकट आइपरे गाउँपालिकाले तत्काल उद्दार र राहतमा पहल गर्ने उनको भनाई छ । 
 

 

यसैबीच आज शनिबार भने पदमार्गमा पर्ने हाइक्याम्पमा स्थानीय होटल व्यवसायीहरुले पालिकाद्वारा तोकिएको करप्रति असन्तुष्टी व्यक्त गरेका छन् । व्यवसायीका अनुसार पालिकाले बिनाजानकारी कर उठाएको भन्दै पदयात्रीलाई कर नतिर्न भनेका छन् । 
 

 

व्यवसायीहरुको यस्तो रवैयाबारे जानकारी पाएपछि पालिकाको एक टोली त्यता लागेको छ । व्यवसायहीहरुले सार्वजनिक जमिनमा होटल सञ्चालन गरेको र हालसम्म कर पनि नतिरेको भन्दै पालिकाले कडा कदम चाल्ने बताएको छ । 

 

यता, काठमाण्डौबाट मर्दीतर्फ लागेको एक समूहले भने सय रुपैयाँमा पदयात्रीको पुरै ख्याल राख्ने र पलपलको जानकारी लिने काम प्रशंसनीय भएको प्रतिक्रिया दिएको छ । मर्दी पदयात्रा जाने पर्यटकबाट लो क्याम्पमा डेस्क राखेर शूल्क उठाइँदैछ । 
 

काठमाडौं:   सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा प्रतिनिधिसभाको बैठकलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।   सभामुख...

थप पढ्नुहोस्

पोखरा:     नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आयोजना हुँदैछ ।  यहीं वैशाख २८ गते पोखरा सभागृहमा हुने उक्त अवार्डको वर्ष उत्कृष्ट महिला खेल...

थप पढ्नुहोस्

काठमाडौं:   अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अभिनीत सामाजिक फिल्म ‘पुजार सार्की’ ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरेको ...

थप पढ्नुहोस्