लागूऔषधसहित ६ जना पक्राउ
काठमाडाैं | कात्तिक २०, २०८०
लागूऔषधसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर प्रहरीले फरक(फरक मितिमा लागूऔषधसहित छ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँ-४ की ३२ वर्षीया सपना रायमाझी, ओखलढुङ्गाको खिजीदेम्बा-३ का ३८ वर्षीय गङ्गालाल बि.क., काठमाडौँ गोकर्णेश्वर-४ बस्ने ५० वर्षीय दीपक श्रेष्ठ, त्यही बस्ने ३० वर्षीय दीपेश डङ्गोल महर्जन, सिराहा धनगढीमाई-१४ बस्ने ३७ वर्षीय झरेन्द्र बहादुरज्यु ठकुरी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ बस्ने २७ वर्षीय सन्दीप ईटानी रहेका छन् ।
उनीहरूलाई पक्राउ गरेको जानकारी लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका सूचना अधिकारी तथा प्रवक्ता ९प्रहरी उपरीक्षक०चक्रराज जोशीले दिनुभयो । जोशीका अनुसार उनीहरूले लामो समयदेखि नेपाल(भारत सिमानाबाट लागूऔषध नेपालमा ल्याएर काठमाडौँको विभिन्न स्थानमा कारोबार गर्ने गरेको खुलेकाले थप अनुसन्धान भइरहेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

