१ लाख ७९ हजार किलो राहत सामग्री बोकेर आइपुग्यो चिनियाँ सेनाको जहाज
पाेखरा | कात्तिक २२, २०८०
PHOTO: HUM GURUNG
पोखरा: भूकम्प पीडितका लागि राहत लिएर आएको चिनियाँ सेनाको जहाज पोखरामा अवतरण भएको छ ।
भूकम्प पीडितका लागि समाग्र्री ल्याएको चिनियाँ सेनाका दुई जहाज राहत सामग्रीसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।
चिनियाँ सेनाको जहाजसँगै कार्गाे विमान पनि विमानस्थलमा अवतरण भएको छ । सो जहाजले १ लाख ७९ हजार किलो राहत सामग्री ल्याएको छ ।
चिनियाँ जनमुक्ति सेनाको वाई–२० जहाज (पिएलए एएफ) बिहान छेन्दुबाट पोखरा आएको उडान भरेको थियो । राहत सामग्री पोखरामा झारेपछि नेपाली सेनाको स्काइ ट्रकले यहाँबाट रुकुम पश्चिम र नेपालगन्ज पु¥याउने बताइएको छ ।
उक्त राहातका समाग्री गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत छेन सोङ्गले बुझेका थिए ।
चीनले दुई चरणमा भूकम्प पीडितका लागि राहत घोषणा गरिसकेको छ । यसअघि प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको चीनले मंगलबार थप २८ करोड बराबरको राहत घोषणा गरेको हो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

