बागलुङमा अवैध हतियार बरामद

बाग्लुङ | कात्तिक २३, २०८०

बागलुङमा अवैध हतियार बरामद

बागलुङ:   बागलुङको बडिगाड गाउँपालिका–८ रणसिंहकिटेनी मौरीभिरको ओडारमा रहेको ३ थान एकनाले भरुवा बन्दुक र १ थान बाह्रबोर प्रहरीले बरामद गरेको छ ।


जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले मंगलबार ईलाका प्रहरी कार्यालय भिमगिठेबाट गस्ती गर्दै गरेको प्रहरीलाई स्थानीयहरुको सूचनाको आधारमा उक्त हातहतियार फेला पारी बरामद गरेको बताए ।


‘ईलाका प्रहरी कार्यालय भिमगिठेबाट गस्ती गर्दै गरेको प्रहरीलाई स्थानीयहरुले मौरीभिरको ओडारमा भरुवा बन्दुक भएको जानकारी दिए थिए’, डीएसपी केसीले भने, ‘स्थानीयहरुको सूचनाको आधारमा मौरीभिरको ओडारबाट ३ थान एकनाले भरुवा बन्दुक र १ थान बाह्रबोर बरामद गरेका छौं ।’


 

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई बसोबासको व्यवस्था गरेको छ । सम्पर्क समन्वय कमिटीले बस्न र खाना समस्या हुने प्रतिनिधिलाई नेता तथा क...

थप पढ्नुहोस्

काठमाडौं:  नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने भएको छ । उक्त सडक खण्डमा कालोपत्र गरी स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले आंशिक रूपमा सडक बन्द गर्न लागिएको हो । ...

थप पढ्नुहोस्

काठमाडौं:   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा घोटाला गरेको आरोपमा पाँच जना पूर्वमन्त्री सहित ५५ जना विरुद्ध भष्ट्राचारको मुद्दा दायर गरेको छ । आयोगले आज विशेष अ...

थप पढ्नुहोस्