लक्ष्मीपूजा गर्दा भएको आगलागीबाट प्रहरीसहित २० जना घाइते

मोरङ | कात्तिक २७, २०८०

लक्ष्मीपूजा गर्दा भएको आगलागीबाट प्रहरीसहित २० जना घाइते

मोरङ:  मोरङको उर्लाबारीमा राती भएको आगलागीमा परि २० जना भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये चार जना प्रहरीहरू पनि छन् ।

 

राती १० बजेतिर स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी हुँदा घाइते भएकाहरूको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भई रहेको छ ।

 

लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरीसहित घाइते भएको प्रहरीले जनाएको छ ।

 

घाइतेहरूमध्ये ९ जनालाई विराटनगर, र १० जनfलाई झापाको बिर्तामोडमा उपचारका लागि पठाइएको छ ।

 

सुन पसलभित्र आगलागी भएपछि घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयले सटर खोल्दा आगोले पोलेर घाइते उनीहरू घाइते भएका थिए । घाइते मध्य केहीको अवस्था गम्भीर छ ।

 

घटनाबारे विस्तृत विवरण आउन समय लाग्ने मोरङ प्रहरीले जनाएको छ । आगो लागेको करिब ३ घण्टापछि मध्यरात १२ बजे नियन्त्रणमा आएको छ ।

चितवन:   चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।   तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् ।   जनस्वास्थ्य कार्...

थप पढ्नुहोस्

काठमाडौं:   त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनाका ११ जनाको शव परिवारले बुझेका छन् ।   त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका हुन् । अस्पताल स्रोतका अनुसार दु...

थप पढ्नुहोस्

मनाङ:   मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ ।   अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका ...

थप पढ्नुहोस्