दोस्रोपटक दान्सिंघालाई तल्लोकोलडाँडा कप वडास्तरीय भलिबलको उपाधि
पाल्पा | मंसिर ५, २०८०
पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा सक्रिय माउण्ट एभरेष्ट युवा क्लबद्वारा आयोजित वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि जनज्योती युवा क्लब दान्सिंघाले जितेको छ ।
योसँगै दान्सिंघा दोस्रो पटकपनि च्याम्पियन बन्यो । दान्सिंघाले गत वर्षको प्रतियोगिता पनि जितेको थियो ।
‘स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि माउण्ट एभरेष्ट युवा क्लब’ भन्ने नारासहित सहिद केवल गाहा स्मृति खेलमैदानमा आइतबार भएको फाइनल खेलमा गुँगालाई २–१ को सोझोले पराजित गर्दै जनज्योती युवा क्लबले उपाधि जितेकाे हो ।
उपाधि जितेकाे जनज्योतीले शिल्ड, प्रमाणपत्रसहित नगद रु १५ हजार प्राप्त गर्याे । यस्तै द्वित्तीय बनेको गुँगा परिवारले शिल्ड, प्रमाणपत्रसहित नगद रु १० हजार हात पार्याे ।
यस्तै तृतीय बनेको आयोजकले ५ हजार र झाक्रिस्थानले सान्त्वना पुरस्कार प्राप्त गर्याे ।

कुल २२ टिमको सहभागिता रहेको प्रतियोगितामा निवर्तमान वडाध्यक्ष इश्वर रानामगर तथा पुरस्कारदाताहरु र स्थानीय अगुवाहरुले पुरस्कार वितरण गरेका थिए ।
समापन समारोहमा आर्थिक सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मानसमेत गरिएको खेल संयोजक ओम गाहामगरले जानकारी दिए ।
उनले गाउँपालिका भित्रका खेलाडीबीचको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार स्थानीय स्तरमा सक्रिय रहेको माउण्ट एभरेष्ट क्लब खेलकुदसँगै सामाजिक र साँस्कृतिक क्षेत्रमा पनि क्रियाशिल छ ।
क्लबका अध्यक्ष दान बहादुर रानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन विष्णु राना मगर ‘सजल’ ले गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

