नयाँ उत्साह र आत्मविश्वासको साथ अघि बढ्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं | मंसिर ६, २०८०

नयाँ उत्साह र आत्मविश्वासको साथ अघि बढ्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सर्नुभएको छ । विसं. २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पले सो भवन क्षति पुगेको थियो । 

 

नयाँ कार्यालयमा रहेको आफ्नो कुर्सीमा बस्दै गर्दा सञ्चारकर्मीलाई  प्रधानमन्त्री प्रचण्डले प्रतिक्रिया दिनुभएको छ । उहाँले नयाँ सुरुवातले नयाँ गति पक्रने आशा व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले १२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्ताको तस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ पूरा भएको बताउनुभयो । उहाँले अब नयाँ उत्साह र आत्मविश्वासको साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

 

उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मात्रै नसारिएको बताउनुहुँदै कामको प्रकृति र गुणपनि अब नयाँ ढङ्गले जाने सङ्कल्प पनि रहेको महशुस गरेको बताउनु भयो । उहाँले पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुम्म परेर बस्नुपरेको अनुभव सुनाउँदै उहाँले अब ताजा भइ काम गर्न पाएको महशुस गरेको जानकारी दिनुभयो ।

 

यसैगरी, शहरी विकासमन्त्री सीता गुरुङले नयाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रवलीकरण गर्ने काम लगभग पूरा भएको बताउनु भयो । उहाँले पहिलो चरणको आयोजनाको ठेक्काअनुसार ४२ करोड हाराहारीको रकममा प्रवलीकरण गर्ने काम सम्पन्न भएको जानकारी दिनुभयो ।

 

मन्त्री गुरुङले भन्नुभयो, ‘‘२०७२ सालको भूकम्पले क्षतविक्षत भएको संरचनाको प्रवलीकरण गर्ने काम लगभग पूरा भएको छ । बाँकी नसकिएको भनेको इन्टेरियरको संरचना बनाउनु पर्नेछ, त्यसका लागि अर्को आयोजनाका लागि ठेक्का अघि बढाएकाले अलि सम्पन्न भएको होइन की भन्ने देखिन्छ, तर जुन ४२ करोड हाराहारीको रकममा प्रवलीकरण गर्ने भन्नेकुरा सम्पन्न भएको छ ।’’

 

काठमाडौं:  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।   मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेक...

थप पढ्नुहोस्

  लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ ।   तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ ।   बुद्धटोल युवा क्लबको आय...

थप पढ्नुहोस्