जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई चिसोबाट जोगिनै मुस्किल

जाजरकोट | मंसिर १०, २०८०

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई चिसोबाट जोगिनै मुस्किल

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई चिसोबाट जोगाउन मुस्किल परेको छ । भूकम्प गएको झण्डै एक महिना हुन लाग्दा समेत प्रभावित क्षेत्रमा अस्थायी आवासको निर्माण हुन सकेको छैन।

 

गएको कात्तिक १७ गते भूकम्प गएपछि प्रभावितहरु त्रिपालमुनि बस्दै आएका छन् । उनीहरुलाई रुघाखोकी, ज्वरो, दम बढ्ने र पखला लाग्नेलगायतका समस्या देखिन थालेको छ । चिसो बढ्न थालेसँगै दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिका र सुत्केरीलाई चिसोबाट जोगाउन मुस्किल पर्न थालेको छ ।

 

प्रभावित क्षेत्रमा पहिलो चरण अन्तरगतको राहत वितरण सकिएको जिल्ला प्रशासन कार्यालय जाजरकोट र रुकुम पश्चिमले जनाएका छन् । यस्तै, अस्थायी आवास बनाउनका लागि पनि तयारी थालिएको जिल्ला प्रशासन कार्यालयको दाबी छ । जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माका अनुसार अस्थायी आवासको निर्माणका लागि लाभग्राहीलाई रकम पठाउने तयारी भएको छ । 

 

अस्थायी अवासका लागि प्रभावितले पहिलो चरणमा २५ हजार रुपैयाँ पाउने छन् भने त्यसपछि थप २५ हजार रुपैयाँ पाउने छन् । स्थानीय सरकारले सिफारिस गरेर स्थानीय विपद् व्यवस्थापन समितिले अनुमोदन गरेपछि  भूकम्प प्रभावितले अस्थायी आवासका लागि रकम पाउने छन् ।

पोखरा:  पोखरामा विषालु च्याउ खाँदा तीन जना बिरामी भएका छन् । पोखरा महानगरपालिका तितेपानी स्थित रहेको जंगलमा रहेको जंगली विषालु च्याउ खाँदा बिरामी परेका हुन् ।  विषालु च्याउ खाँदा बिरामी हु...

थप पढ्नुहोस्

 पोखरा:  पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत बिहीबार नविना सिलवार ‘खुईली’, रोजिना परियार लगायतका कलाकारले टुँडिखेल घन्काउने भ...

थप पढ्नुहोस्

पोखरा: वि १३ युकेले फुटबल प्रतियोगिताबाट उठेको रकम मृगौला पीडितलाई सहयोग गरेको छ ।  पोखरा १३ बाझापाटनको युके स्थिति क्लबले क्षेत्र बहादुर विकलाई ३५ हजार रुपैयाँ सहयोग गरेको हो ।  युक...

थप पढ्नुहोस्