पोखरामा सुनचाँदी पसलको ताला काटिरहेका नाबालिग रङ्गेहात पक्राउ
पाेखरा | मंसिर १०, २०८०
पोखरा: कास्की प्रहरीले ताला काट्दै गरेको अवस्थामा एक नाबालिगलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपा गाउँपालिका ६ का १८ वर्षीय नाबालिग रहेका छन् ।
प्रहरीका अनुसार ती नाबालिगले न्यूरोडमा रहेको आरके स्याङ्जा ज्वलर्स तथा सुनचाँदी पसलको सटर काट्दै गरेको अवस्थामा वडा प्रहरी बैदामको टोलीले पक्राउ गरेको हो ।
उनको साथबाट २ थान हेक्सा र १ थान काटिएको ताला बरामद गरेको छ ।
पक्राउ परेका उनीमाथि अहिले चोरी कसुरमा मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

