बेपत्ता भएकी युवती पर्वतको भीरमा मृत फेला
पर्वत | मंसिर ११, २०८०
म्याग्दीको बेनीबाट २१ दिनअघि हराएकी एक युवतीको पर्वतको मल्लाजस्थित भीरमा शव भेटिएको छ।
गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी मंगलवा गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटा शनिबार बिहान पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने ठूलो सल्लेरी र भीरमुनी सामुदायिक वन क्षेत्रमा मृत भेटिएकी हुन्।म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार शनिबार बिहान भेटिएको शव पुष्पाको भएको पुष्टि भएको र परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको जानकारी दिए। शव सडेको अवस्थामा भेटिएको थियो। बेनीको कालीपुल पारी रहेको सो जङ्गलको भूगोल पर्वतमा पर्छ।
घटनाको बारेमा पर्वत प्रहरीले अनुसन्धान थालेको छ। बेनीको अस्पताल चोकमा रहेको पाण्डे मेडिकल हलमा कार्यरत सापकोटा कात्तिक २१ गते बिहान पौने ११ बजे त्यहाँबाट निस्किएकी थिइन्। उनको मोबाइलको ‘लोकेशन’ क्याम्पस चोकको टावर रेञ्जमा देखाएको थियो।
पुष्पाको मृत्युको विषय प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ। घटनास्थल पर्वतमा पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय पर्वतबाट नै टोली खटिएर अनुसन्धान गर्ने र पोष्टमर्टम गरेपछि शव परिवारको जिम्मा लगाउने तयारी छ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

