कोरला नाकाबाट उठ्यो सातामै पौने २ लाख राजस्व

मुस्ताङ | मंसिर ११, २०८०

कोरला नाकाबाट उठ्यो सातामै पौने २ लाख राजस्व

मुस्ताङ:  ​उपल्लो मुस्ताङको न्हेछुङमा रहेको भन्सार कार्यालयबाट १ सातामै करिब १ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

 

करिब ४ वर्षपछि खुलेको कोरला नाकाबाट घरायसी समाग्री खरिदगर्न चीन प्रवेश गर्नेको सँख्या बढेसँगै राजस्व संकलनमासमेत वृद्धि भएको हो ।

 

जिल्ला प्रशासन कार्यालय मुस्ताङको तथ्याङ्क अनुसार हालसम्म कात्तिक २७ गते यता करिब १ हजार २ सय जना चीन प्रवेश गरेका छन् ।

 

कोरला नाका खुलेपनि चीन प्रवेशका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दालाई मात्रै खुला गरिएको थियो ।

 

प्रवेश अनुमति पत्र भएकाहरु मात्रै चीन प्रवेश गर्न पाउने प्रावधार रहेको छ । यद्यपी उल्लेखित गाउँपालिका बाहेकका नागरिकलाई भने प्रवेश निषेध छ ।

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्