पत्रकार त्रिभुवन पौडेल अक्षयकोषमा राईले दिए १ लाख
पाेखरा | मंसिर १२, २०८०
नेपाल पत्रकार महासंघ गण्डकीका पूर्व अध्यक्ष तथा तत्कालीन केन्द्रिय सदस्य स्व.त्रिभुवन पौडेलको स्मृतिमा स्थापना भएको अक्षयकोषमा उनका पूर्व सहकर्मी रामचन्द्र राईले १ लाख सहयोग गरेका छन् । राईले स्व.पौडेलको निधन भएको १३ दिनमै उक्त रकम सहयोग गर्ने घोषणा गरेका थिए ।
राईकी छोरी प्राप्ती राई र पत्रकार अपिल त्रिपाठीले उक्त रकमको चेक महासंघका प्रदेश महासचिव गोविन्द सुवेदीलाई हस्तान्तरण गरेका हुन् । महासंघ गण्डकीले उक्त अक्षयकोष स्थापना गरेको हो । महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पौडेलको सक्रियता र सकारात्मकता सबै पत्रकारका लागि प्रेरणा भएको बताइन् ।
पौडेलको स्मृतिमा त्रिभुवन पौडेल स्मृति प्रतिष्ठान पनि गठन भएको छ । अक्षयकोषको रकम पत्रकारिताको विकासमा प्रयोग गरिने महासंघका महासचिव सुवेदीले बताए । राईले अक्षयकोषको विस्तारका लागि आफुले सुरुआत गरेको बताए ।
पौडेलको गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएको थियो । कोषमा हालसम्म साढे ४ लाख भन्दा बढी संकलन भैसकेको छ ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

