पाँचौ युनिप्स खेल महोत्सवमा भलिबलका खेल सुरु

पाेखरा | मंसिर १२, २०८०

पाँचौ युनिप्स खेल महोत्सवमा भलिबलका खेल सुरु

पोखरामा पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत सोमबार आजबाट पोखरा रंगशालामा भलिबलका प्रतिस्पर्धाहरु सुरु भएका छन् ।

 

संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था (युनिप्स) नेपालको आयोजनामा सुरु भएको छात्ररछात्रा भलिबलतर्फ १६ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता अन्तर्गत सेमीफाइनलका समिकरण पुरा भएको युनिप्सका अध्यक्ष शान्त बहादुर गुरुङले जानकारी दिए ।

 

पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सुरु भएको प्रतियोगितामा छात्ररछात्रा दुवैतर्फ कालिका इङलिश बोर्डिङ फाइनलमा प्रवेश गरेको छ । फाइनलमा उपाधिका लागि छात्रतर्फ वेलनन एकेडेमी संग छात्रातर्फ होली एन्जल स्कुल संग प्रतिस्पर्धा गर्ने खेलकुद उपसमितिका संयोजक विनोद कुमार नेपालीले जानकारी दिए ।  

 

यस अघि भएको सेमीफाइनलमा छात्रतर्फ कालिकाले एकता वोर्डिङलाई २५–९ र २५–१४ को सोझो सेटमा पराजित गरि फाइनलमा प्रवेश गरेको थियो भने छात्रातर्फ कालिकाले एकतालाई २५–१३ र २५–२२ ले जित्दै फाइनलको यात्रा तय गरेको थियो । छात्र÷छात्रा भलिबलमा कालिका, होली एन्जल, शिलशिला, स्माइल हेभन, गेफ, पिनाकल र एकता वोर्डिङ स्कुलको सहभागिता रहेको थियो ।

 

मंसिर १६ गते सम्म हुने खेल महोत्सव अन्तर्गत छात्ररछात्रा भलिबल, छात्र फुटबल, छात्रारछात्रा खोखो, कवड्डी र एथलेटिक्सका खेलहरु सञ्चालन हुने युनिप्सका अध्यक्ष शान्ता गुरुङले जानकारी दिएका छन् । महोत्सवको औपचारिक उद्घाटन १४ गते हुनेछ । प्रतियोगिता अन्तर्गत मावी स्तरिय ९कक्षा ९–१००,छात्र फुटबल छात्ररछात्रा मावी स्तरिय भलिबल, मावी स्तरिय छात्रा खोखो, आधारभुत तह ९कक्षा १–५० छात्ररछात्रा कवड्डी, एथलेटिक्स छात्र÷छात्रा सबै तह अन्तर्गत हुने खेलकुद उपसमितिका संयोजक नेपालीले जनाए । 

 

प्रतियोगितामा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजार भन्दा बढि खेलाडीहरुले सहभागिता जनाउने छन् । प्रतियोगितामा विभिन्न खेलका ६ सय खेलाडीहरुलाई पुरस्कृृत गरिने भएको युनिप्स सचिवालयका संयोजक सुवेदीले बताए । प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख खर्च हुने सुवेदीले जानकारी दिए ।
 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्