इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडाैं | मंसिर १४, २०८०

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट Photo: Nepal Police

काठमाडौं:  इन्टरपोलद्वारा आयोजित ‘इन्टरपोल हन्ड्रेड ग्लोबल भिडियो कन्सेस्ट फर योङ पुलिस लिडर्स’ प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । 
 

मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१ औं महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो । 

 

नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठद्वारा निर्माण गरिएको ‘लेट्स अस सेभ द प्लानेट–इन्टरपोल हन्ड्रेड’’ छोटो भिडियो सर्वोत्कृष्ट घोषणा भएको हो ।

 

 भिडियोमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, आर्टिफिसियल इन्टेलीजेन्सका कारण भविष्यमा हुनसक्ने समस्याहरू समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न यूएनको मुख्य साझेदारको रूपमा रहेको इन्टरपोलको अहम भूमिका हुने विषय समेटिएको  छ ।

 

इन्टरपोल अध्यक्ष मेजर जनरल डाक्टर अमेद नासेर एएल रैसीले  नेपाल प्रहरीलाई सम्मान स्वरूप प्रमाणपत्र प्रदान गरेका थिए ।

पोखरा:   पोखरा महानगरपालिकाबाट घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिँदा घुस लिएको अभियोगमा दुई इन्जिनियरसहित तीनजना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दर्ता भएको छ ।  अख्तियार दुरुपयोग ...

थप पढ्नुहोस्

पोखरा:      नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोटर््स अवार्ड २०८० को तयारी तीव्र छ । यही वैशाख २८ गते शुक्रबार हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट ...

थप पढ्नुहोस्

पोखरा:    बैशाख २८ गतेबाट रिलिज हुने नेपाली सिनेमा ‘खजुरे ब्रो’ एक सामाजिक कथा भएको निर्माण पक्षले जनाएको छ ।  विहिबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोज...

थप पढ्नुहोस्