जीप दुर्घटनामा एकको मृत्यु, एक घाइते
बाजुरा | मंसिर १४, २०८०
बाजुराको पूर्वी–उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै आज दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।
मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का अन्दाजी २८ वर्षीय मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिए।
उनका अनुसार हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको लु १ ज ४८२९ नम्बरको बोलेरो जीप धुलाचौर बजार नजिकै दुर्घटना भएको थियो।
सो दुर्घटनामा घाइते हुनेमा गौमुल गाउँपालिका–३ का अन्दाजी १९ वर्षीय वसन्त धामी रहेको प्रहरी निरीक्षक ऐरीले बताए। जीपमा चालकसहित चार जना सवार रहेका बताइएको छ। जीपका चालकसहित एक जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।
जीपचालक खत्याड –९ का दलबहादुर लावणलाई प्रहरीको नियन्त्रणमा लिइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

