ओली कप: उपाधिका लागि मधेस प्रदेश र आर्मी भिड्ने

पाेखरा | मंसिर १४, २०८०

ओली कप: उपाधिका लागि मधेस प्रदेश र आर्मी भिड्ने Photo: Umesh Pun

पोखरा:  पोखरामा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय क्लब त्रिभुवन आर्मी क्लब र मधेश प्रदेश भिड्ने भएका छन् । 

 

पोखरा रंगशालामा आज (बिहीबार) भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल एपिएफ क्लबलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । 

 

टस जितेर पोखरा रंगशालामास्थित क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मधेस प्रदेशले एपिएफ क्लबलाई १९८ रनको विशाल लक्ष्य दिएको थियो ।  १९८ रनको पछ्याएको एपीएफ २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८६ रन मात्र जोड्न सक्यो । 

 

मधेसका लागि अनिल शाह ५७ र इम्रान शेखले ५० रन बनाएर आवट भए । पवन सराफले ३३, रुपेश सिंहले २१, हिमान्शु दत्तले १५ र कप्तान हरिशंकर शाहले १० रन बनाए । 
 

 

एपीएफलाई पराजित गर्न मधेस प्रदेशका विशाल पटेल ३ विकेट र हरिशंकर शाह र प्रदिप पासवानले समान २/२ विकेट लिए ।
 

 

एपिएफका लागि ओपनर प्रदिप एैरीले ५५ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन । यस्तै सन्दीप जोराले विस्फोटक ब्याटिङ गर्दै ३१ बलमा ५ छक्का र ३ चौकाको सहयोगमा ५४ रन जोडे । लोकेश बम ३२, भुवन कार्कीले १४ र सुमित महर्जनले १३ रन बनाए । 

 

बलिङतर्फ एपीएफका मौसम ढकालले सर्वाधिक ३ विकेट लिए । अमर रौटेलाले २ विकेट र पुरन विकले १ विकेट लिए ।

 

प्रतियोगिताको फाइनल खेल शुक्रबार बिहान ११ बजेपछि हुने आयोजकले जनाएको छ ।

 

मदन भण्डारी स्पोटर्स एकेडेमी केन्द्रीय कमिटीको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताका विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

 

म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्