छोराको कुटपिटबाट घाइते बाबुको उपचारका क्रममा मृत्यु

रसुवा | मंसिर १५, २०८०

छोराको कुटपिटबाट घाइते बाबुको उपचारका क्रममा मृत्यु

रसुवामा छोराको कुटपिटबाट गम्भीर घाइते भएका एक पुरूषको उपचारका क्रममा मृत्यु भएको छ।

 

बिहीबार गोसाइँकुण्ड गाउँपालिका-५ का छेवाङ तामाङमाथि उनका ४०/४५ वर्षका छोरा गोपाल तामाङले मदिरा सेवन गरी कुटपिट गरेका थिए।

 

रसुवाका प्रहरी प्रवक्ता इन्स्पेक्टर नेत्रप्रसाद पौडेलका अनुसार बाबुछोराबीच झगडा हुँदा गोपालले आफ्नो बाबुको टाउकोमा चिर्पट प्रहार गरेका थिए। चिर्पट प्रहारबाट गम्भीर घाइते भएका छेवाङलाई बिहीबार उपचारका लागि जिल्ला अस्पताल धुन्चे लगिएको थियो।


उपचारकै क्रममा गएराति ११स्४० मिनेटमा छेवाङको मृत्यु भएको हो।

 

घटनापश्चात गोपाललाई नियन्त्रणमा लिइएको र परिवारका अन्य सदस्यहरूसँग पनि सोधपुछ भएको इन्स्पेक्टर पौडेलले बताए।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्