गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्‍यु

काठमाडाैं | मंसिर १५, २०८०

गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्‍यु

काठमाडौंमा गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

 

कागेश्वरी मनोहरा नगरपालिका-५ थलीमा प्रदेश ३-०१-०० ३ क ६४८८ नम्बरको निशान गाडीले बागमती प्रदेश ०२-०३२ प ३३४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो। 

 

बिहीबार राति उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार शंखरापुर नगरपालिका-८ साँखु घुमार चोक घर भएका ३० वर्षीय सुलभ मोक्तानको मृत्यु भएको हो।

 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणटारस्‍थित शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मोटरसाइकल चालक घाइते छन्। गाडीका चालक फरार छन्।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्