४१ औं आइजिपी कपमा गण्डकी प्रदेश प्रहरी ‘च्याम्पियन’

पाेखरा | मंसिर १५, २०८०

४१ औं आइजिपी कपमा गण्डकी प्रदेश प्रहरी ‘च्याम्पियन’

पोखरा:  काठमाडौंमा सम्पन्न ४१ आइजिपी रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा गण्डकी प्रदेश प्रहरी च्याम्पियन भएको छ ।

 

नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सम्पन्न भएको फाइनल खेलमा प्रहरी प्रधान कार्यालयको टोलीलाई १-० को गोल अन्तरले पराजित गर्दै गण्डकी प्रहरी च्याम्पियन बनेको हो ।

 

गण्डकीलाई च्याम्पियन बनाउनका लागि प्रतियोगिताकै सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत भएका प्रहरी सहायक निरीक्षक आशिष थारुले निर्णायक गोल गरे  ।

 

थारुले प्रतियोगितामा ६ गोल गरेका थिए ।

 

यस्तै उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट फरवार्डका रुपमा  क्रमश गण्डकीकै प्रहरी नायव निरीक्षक सन्तोष सुवेदी, प्रहरी जवान शिशिर चौधरी र प्रहरी सहायक निरीक्षक विवेक गुरुङ घोषित भए । 

 

च्याम्पियन बनेको गण्डकीले समुह चरणको पहिलो खेलमा लुम्बनी प्रदेश प्रहरी कार्यलयको फुटबल टोलीलाई २-१ गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बागमति प्रदेश प्रहरी कार्यलयको फुटबल टोलीलाई ५-० र सेमिफाईनलमा कोशी प्रदेश प्रहरी कार्यालयको टोलीलाई ४-२ को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

 

यस अघि गण्डकी प्रदेश प्रहरी कार्यालयको फुटबल टोलीले २०६७ सालमा आइजिपी कपको उपाधि जितेको थियो । 
 
 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्