पोखराको बजेटमा बबण्डरः बजेट च्यातियो, सभा अवरुद्ध

काठमाडाैं | असार १०, २०७९

पोखराको बजेटमा बबण्डरः बजेट च्यातियो, सभा अवरुद्ध

पोखराः पोखरा महानगरपालिको ११ औं सभामा बजेट प्रस्तुत भइरहँदा नेकपा एमालेका प्रतिनिधिले विरोध जनाएपछि सभा अवरुद्ध भएको छ । 

 

एमालेले बजेट प्रस्तुत भइरहेकाबेला रातो किताबमा कार्यक्रम उल्लेख भइसकेको चाल पाएपछि बजेट पुस्तिका च्यातेका छन् । आज महानगरले साढे ८ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

 

एमाले वडा १७ कि अध्यक्ष राधिका शाही योगीले बजेट प्रस्तुतअगावै रातो किताब प्रकाशन गरेको भन्दै बजेट पुस्तिका च्यातेपछि सभा अशान्त बनेको हो । हाल सभा केही समयकालागि स्थगित भएको छ । 

 

यतिबेला एमाले प्रतिनिधिहरु सभास्थल बाहिर नाराबाजी गरिरहेका छन् । 

काठमाडौं:  भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...

थप पढ्नुहोस्

काठमाडौं:  बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ ।  कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

थप पढ्नुहोस्