मूल्यवृद्धि विरुद्ध सडकमा युवा संघ, पोखरामा प्रधानमन्त्रीको पुत्ला दहन

पाेखरा | असार १०, २०७९

मूल्यवृद्धि विरुद्ध सडकमा युवा संघ, पोखरामा प्रधानमन्त्रीको पुत्ला दहन


पोखरा :       पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुहरुको मुल्य वृद्धिको विरुद्व राष्ट्रिय युवा संघ कास्कीले प्रधानमन्त्रीको पुत्ला जलाएको छ । 

 

नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ कास्कीले मूल्य वृद्धिको विरु राके जुलुस सहित पोखरामा प्रधानमन्त्रीको पुत्ला जलाएर एकोहोरो शंङ्ख बजाउँदै विरोध गरेको हो । 

 

विरोधमा सभामा बोल्दै राष्ट्रिय युवा संघ गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र गुुरुङले मूल्य वृद्धिको विरुद्ध युवा संघले देशभर आन्दोलन सुरु गरेको भन्दै भोलि देखि युवा संघ निरन्तर सडक आन्दोलनमा उत्रने बताए । देशमा मूल्य वृद्धि गरेर सरकारले स्थानिय निर्वाचनको खर्च उठाउन लागेका समेत आरोप लगाए । 

 

अध्यक्ष गुुरुङले भने, गण्डकी प्रदेशले ६/६ महिनामा गाडीको नविकरण गर्न लगाएर जनतालाई करको भार थपेको र २० वर्ष पुरानो गाडी विना क्षतिपुर्ति हटाउन लागेको भन्दै यसको विरोध गरे । उनले भने, भोलि देखि सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउछौँ, टोलटोलमा झण्डा हल्लाएर हिड्ने मन्त्रीहरुलाई टोलमा नै विरोध गर्ने र  सरकारी गाडी चलाउने चालकहरुले युवा संघलाई हेरेर गाडी चलाउन सुझाव समेत दिदै भोलि देखि आन्दोलन निरन्तर गर्ने भन्दै गुुरुङले सुरक्षाकर्मीहरुले धान्न नसक्ने बताएका छन् ।

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्