पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो
पाेखरा | मंसिर १७, २०८०

संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा सम्पन्न पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जितेको छ ।
पोखरा रंगशाला सम्पन्न भएको उक्त खेलकुद महोत्सवमा सहभागि १८ विद्यालयलाई पछि पार्दै कुल १३३ अंकका साथ वेलननले उपाधि जितेको हो । हरेक दुई–दुई वर्षमा आयोजना हुने खेलकुद महोत्सवमा वेलननले यस अघि रनिङ शिल्डमा एक पटक कव्जा जमाइसकेको छ । वेलनन ले यो संगै लगातार चौथोपटक उपाधि जितेको छ ।
यसै गरि खेलकुद महोत्सवमा ११० अंकका साथ कलिका इङलिश सेकेण्डरी स्कल उपविजेता भएको छ । पोखरा रंगशालामा चार दिन देखि जारी खेलकुद महोत्सवमा ७४ अंक बटुल्दै पिनाकल एकेडेमी तेश्रो हुँदा ६३ अंकका साथ स्माइल स्मल हेभेन सेकेण्डरी स्कुलले चौथो स्थान प्राप्त गरेको प्रतियोगिता खेलकुद उपसमितिका संयोजक विनोद कुमार नेपालीले जानकारी दिए ।
त्यस्तै आज सम्पन्न फुटबल मावी छात्रतर्फको फाइनलमा वेलनन एकेडेमीले एकता आवाशियलाई ३–१ ले पराजित गर्दै च्याम्पियन भएको छ भने स्मल स्माइल हेभेनले तेश्रो तथा होली एन्जलले चौथो स्थान प्राप्त गरेको छ ।
विजेता विद्यालय तथा खेलाडीहरुलाई गण्डकी प्रदेश शिक्षा निर्देशनालयका उपमहानिर्देशक घनश्याम पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँ, युनिप्स नेपालका संस्थापक अध्यक्ष ध्रुव गिरीलगायतले मेडल, प्रमाणपत्र तथा ट्रफी वितरण गरेका थिए । सो अवसरमा बोल्दै उपमहानिर्देशक पौडेलले शिक्षा संगै अतिरिक्त कृयाकलापमा खेलकुद जोड्नु पर्ने अपरिहार्य रहेको बताउँदै खेलाडी उत्पादनको मुख्य थलो नै विद्यालय रहेको उल्लेख गरे ।
युनिप्स नेपालका अध्यक्ष शान्त बहादुर गुरुङको अध्यक्षतामा समापन कार्यक्रम सम्पन्न भएको थियो । खेलकुद महोत्वमा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजार भन्दा बढि खेलाडीहरुले सहभागिता जनाएका थिए । सहभागि विभिन्न खेलका ६ सय खेलाडीहरुलाई पुरस्कृृत गरिएको भएको युनिप्स सचिवालयका संयोजक शिवहरि सुवेदीले जानकारी दिए ।
वीरगञ्ज: जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी ...
कास्की: पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्रमा यस ...
काठमाडौं: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । महाशाखाका ...