बागलुङमा गण्डकी प्रदेश खुल्ला पालिकास्तरीय पुरुष भलिबल हुने, उपाधि राशि १ लाख ५१ हजार

बाग्लुङ | मंसिर १९, २०८०

बागलुङमा गण्डकी प्रदेश खुल्ला पालिकास्तरीय पुरुष भलिबल हुने, उपाधि राशि १ लाख ५१ हजार फाइल तस्बिर

बागलुङ​:  बागलुङमा गण्डकी प्रदेश खुल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । 

 

बागलुङ उद्योग वाणिज्य संघले आगागी पुस ११ देखि २१ गतेसम्म आयोजना गरेको बागलुङ महोत्सव–२०८० को अवसरमा गण्डकी प्रदेश खुल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । 


धवलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा हुने बागलुङ महोत्सवमा गण्डकी प्रदेश खुल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने पालिकाले १ लाख ५१ हजार १ सय ११, द्धितीय हुनेले १ लाख १ हजार १ सय ११ तृतीय हुनेले ५१ हजार १ सय ११ र सात्वना हुनेले २५ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  

 


विधागत पुरस्कारतर्फ बेष्ट सेटर, बेष्ट स्पाइकर, बेष्ट सर्भर, बेष्ट ब्लकर, बेष्ट डिफेन्डर (लिबेरो) र उत्कृष्ट खेलाडीले नगद ५/५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 


गण्डकी प्रदेश खुल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता व्यवस्थापन उपसमितिका सदस्य किशोर थापाले महोत्सव पुस ११ देखि सञ्चालन भएपनि पुरुष भलिबल प्रतियोगिता १४ गतेदेखि मात्र सुरु हुने जानकारी दिए । भलिबल प्रतियोगितामा क्वाटरफाइनलमा प्रवेश गर्ने टिमलाई दैनिक ५ हजार भत्ता उपलब्ध गराउने थापाले बताए । भलिबलमा सहभागि हुने एक समूहलाई ५ हजार रुपैयाँ दर्ता शुल्क कायम गरिएको छ ।  

 

‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार, समुन्नत बागलुङ निर्माणको आधार’ गण्डकी प्रदेश स्तरीय पर्यटन कृषि तथा औद्योगिक व्यापार मेला एवं बागलुङ महोत्सव–२०८०को मुख्य आर्कषणमा गण्डकी प्रदेश खुल्ला पालिका स्तरीय पुरुष भलिबल आयोजना गरेको बागलुङ उद्योग वाणिज्य संघले जनाएको छ । 

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्