गाउँपालिकाले विभेद गरेको भन्दै वडा बन्दको घोषणा
सोलुखुम्बु | मंसिर २१, २०८०
सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका(१ ले अनिश्चितकालका लागि वडा कार्यालय बन्दको घोषणा गरेको छ । गाउँपालिकाले वडा नम्बर १ लाई विभेदपूर्ण व्यवहार गरेको भन्दै वडाका सम्पूर्ण जनप्रतिनिधिले निर्णय नै गरेर अनिश्चित कालका लागि वडाको सेवा बन्द गर्ने निर्णय गरेको हो ।
बुधबार बसेको वडा समितिको बैठकले गाउँपालिकाको विभेदपूर्ण व्यवहारप्रति खेद प्रकट गर्दै जायज माग सम्बोधन नभएसम्मका लागि वडाको सबै कामकाज बन्द गर्ने निर्णय गरेको छ । बैठकले स्थानीय सरकार ऐन २०७४ दफा १२ ले दिएको काम, कर्तव्य र अधिकार तथा गाउँपालिको सम्बन्ध ऐन, कार्याविधी सम्मत वडा समितिको काम, कर्तव्य र अधिकार गाउँपालिकाबाट हनन भइरहेकोले काम गर्न वडा समितिलाई असहज महसुस भएको ठहर गरेको छ ।
गाउँपालिकाबाट भएको गाउँसभा तथा कार्यापालिकाको निर्णय,निर्देशन,कानुन सम्बन्धमा वडा कार्यालयलाई थाहा नदिने,वडा समितिबाट टोल स्तरीय योजनाको माग प्रथमिकीकरण र योजना छनौट सिफारिस गर्दा चालु आर्तिक वर्षको योजनाको सिलिङ बजेटबाट करिब १७ लाख काटाएको र महालेखाबाट गाउँपालिकाको लेखापरीक्षणको प्रतिवेदन कार्यपालिका सदस्यलाई थाहा नदिने,संघ,प्रदेशस्तरीय अयोजनामा वडा समितिलाई जानकारी,सहभागी,सहकार्य नगरी योजना कार्यान्वयन गर्ने जस्ता कार्य भइरहेकोले वडा समितिलाई विभेदपूर्ण तरिकाले काम गरिएको भन्दै खेद प्रकट गरेको छ ।
वडा समितिलाई विभेदपूर्ण तरिकाबाट गरिने व्यवहार र प्रवित्ति नगर्न पटकपटक अनुरोध तथा निर्णय गर्दा समेत सो अवस्था बन्द हुन नसकेको भन्दै वडा कार्यालयबाट अनिश्चित कालका लागि वडा कार्यालयको दैनिक तथा योजना सम्झैता लगायतको प्रशासनिक कार्य गर्न नसकिने निर्णय गर्दै उक्त जानकारी जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति,खुम्बु पासाङल्हामु गाउँपालिकालाई पत्रचार गर्ने समेत सर्वसमितिबाट निर्णय गरेको जनाएको छ ।
आफूहरु निर्वाचित भएपछि गाउँ कार्यपालिकाको २७ वटा बैठक बसे पनि उक्त बैठकमा भएका कुनै पनि निर्णयहरु सार्वजनिक नगर्ने तथा गुपचुपमा सही गराउने गरेको खरिखोलाका वडाध्यक्ष फुनुरु शेर्पाको आरोप छ ।
यता गाउँपालिकाले भने वडाले लगाएको सबै आरोपमा कुनै सत्यता नभएको दाबी गरेको छ । पालिकाको निर्णय र कार्यसम्पादनप्रति असन्तुष्टि भए निखितरुपमा पेश गर्न चुनौती दिँदै कपोकल्पित आरोपले कुनै फरक नपर्ने गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताए ।
पालिकाका सबै वडालाई आफूहरुले समान व्यवहार गरेको भन्दै असन्तुष्ट भए सो विषयमा छलफल र संवादको माध्यमबाट माग सम्बोधन गर्न आफू तयार रहेको गाउँपालिका अध्यक्ष शेर्पाले बताए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

