पोखरामा बसको ठक्करबाट गौहत्या आरोपमा ठकुरी पक्राउ
कास्की | मंसिर २५, २०८०
पोखरा: कास्की प्रहरीले गौहत्या गरेको आरोपमा बस चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको रोराङ नगरपालिका ३ का २८ वर्षीय रोशन ठकुरी रहेका छन् ।
कास्की प्रहरीका अनुसार आज बिहान पोखरा महानगरपालिका १० औद्योगिक क्षेत्रस्थित पोखरादेखि काठमाण्डौ जाँदै गरेको ना ५ ख २११३ नंम्बरको यात्रुबहाक बसले बाटोमा हिडिरहेको गाईलाई ठक्कर दिएको थियो । त्यसपछि उक्त गाईको घटनास्थलमानै मृत्यु भएको थियो ।
ठक्कर दिई फरार भएको भन्ने सूचनाको आधारमा तनहुँको शुक्लागण्डकी नगरपालिका ५ बेलचौताराबाट ठकुरीलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी श्रवण कुमार बिकले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका ठकुरीलाई कास्की जिल्ला अदालतबाट पशुपंक्षी सम्बन्धी मुद्दामा ९१०० दश दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

