पोखरामा अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्ने ५६ सवारी महानगरको नियन्त्रणमा

पाेखरा | मंसिर २६, २०८०

पोखरामा अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्ने ५६ सवारी महानगरको नियन्त्रणमा

पोखरा:   पोखरामा अवैध रुपमा प्राकृतिक नदीजन्य पदार्थहरुको दोहन गरेको आरोपमा प्रहरीले ५६ वटा सवारी साधन नियन्त्रणमा लिएर पोखरा महानगरपालिकालाई बुझाएको छ । 


कास्कीको विभिन्न स्थानमा प्राकृतिक नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरेर फर्जी बिल बनाएर चोरी निकासी गरेको आरोपमा ५६ वटा सवारी साधन नियन्त्रणमा लिएर महानगरलाई बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापाले बताए । 


‘कास्कीको विभिन्न स्थानमा प्राकृतिक नदीजन्य पदार्थहरुको अवैध रुपमा उत्खनन गरेर फर्जी बिल बनाएर चोरी निकासी गरेको स्थानीयको गुनासो आएको थियो’, प्रमुख थापाले भने, ‘स्थानीयको गुनासो पछि प्रहरी युनिटको बैठक बसेर आज विभिन्न स्थानबाट सवारी साधन नियन्त्रणमा लिएर महानगरमा बुझाएका हौं ।’


उनका अनुसार अवैध रुपमा नदीजन्य पदार्थहरुको उत्खनन गरेर भ्याटबिल नभएका, कागजपत्र नभएका, फर्जीबिल बनाएका ५६ वटा ट्रक, टिप्पर र ट्याक्टर नियन्त्रयणमा लिएको हो । 


अवैध रुपमा नदीजन्य पदार्थ ढुङ्गा बालुवा, गिट्टी ओसार–पोसार गरिरहेको अवस्थामा पोखराको बैदामबाट ५ वटा, रामबजारबाट ८ वटा, बगरबाट २० वटा, शिुशुवाबाट ४  र गगनगौडाबाट १९ वटा सवारी साधन नियन्त्रणमा लिएको हो । 


जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख थापाले अब कास्कीको हरेक स्थानमा दैनिक रुपमा नदीजन्य पदार्थ बोकेका सवारी साधनको नियमित जाँच गर्ने समेत बताए । 


‘कास्कीमा नदीजन्य पदार्थ बोकेका सवारी नियमित जाँच गछौं’, उनले भने, ‘आज नियन्त्रणमा लिएका सवारीहरुले बोकेका बिल कागजपत्रहरु महानगरले हेरिरहेको छ दोषी देखिए कारवाहीको प्रक्रिया अगाडी बढ्छ ।’

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्