पोखरामा अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्ने ५६ सवारी महानगरको नियन्त्रणमा
पाेखरा | मंसिर २६, २०८०
पोखरा: पोखरामा अवैध रुपमा प्राकृतिक नदीजन्य पदार्थहरुको दोहन गरेको आरोपमा प्रहरीले ५६ वटा सवारी साधन नियन्त्रणमा लिएर पोखरा महानगरपालिकालाई बुझाएको छ ।
कास्कीको विभिन्न स्थानमा प्राकृतिक नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरेर फर्जी बिल बनाएर चोरी निकासी गरेको आरोपमा ५६ वटा सवारी साधन नियन्त्रणमा लिएर महानगरलाई बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापाले बताए ।
‘कास्कीको विभिन्न स्थानमा प्राकृतिक नदीजन्य पदार्थहरुको अवैध रुपमा उत्खनन गरेर फर्जी बिल बनाएर चोरी निकासी गरेको स्थानीयको गुनासो आएको थियो’, प्रमुख थापाले भने, ‘स्थानीयको गुनासो पछि प्रहरी युनिटको बैठक बसेर आज विभिन्न स्थानबाट सवारी साधन नियन्त्रणमा लिएर महानगरमा बुझाएका हौं ।’
उनका अनुसार अवैध रुपमा नदीजन्य पदार्थहरुको उत्खनन गरेर भ्याटबिल नभएका, कागजपत्र नभएका, फर्जीबिल बनाएका ५६ वटा ट्रक, टिप्पर र ट्याक्टर नियन्त्रयणमा लिएको हो ।
अवैध रुपमा नदीजन्य पदार्थ ढुङ्गा बालुवा, गिट्टी ओसार–पोसार गरिरहेको अवस्थामा पोखराको बैदामबाट ५ वटा, रामबजारबाट ८ वटा, बगरबाट २० वटा, शिुशुवाबाट ४ र गगनगौडाबाट १९ वटा सवारी साधन नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख थापाले अब कास्कीको हरेक स्थानमा दैनिक रुपमा नदीजन्य पदार्थ बोकेका सवारी साधनको नियमित जाँच गर्ने समेत बताए ।
‘कास्कीमा नदीजन्य पदार्थ बोकेका सवारी नियमित जाँच गछौं’, उनले भने, ‘आज नियन्त्रणमा लिएका सवारीहरुले बोकेका बिल कागजपत्रहरु महानगरले हेरिरहेको छ दोषी देखिए कारवाहीको प्रक्रिया अगाडी बढ्छ ।’
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

