चितवनमा ढुंगाले हानेर आफ्नै बुवाको हत्या, छोरा सुनिल पक्राउ
चितवन | मंसिर २७, २०८०
चितवन: जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नै बुवाको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारका २१ वर्षीय सुनिल चेपाङ रहेका छन् ।
उनलाई गएराती प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सुनिलले आफ्ना बुवा ४१ वर्षीय रामशरण चेपाङलाई ढुंगा प्रहार गरेका थिए ।
त्यसपछि गम्भीर घाइते भएका रामशरणको उपचारको क्रममा भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको थियो ।
घरायसी सामान्य विवादको क्रममा आफ्नो बुवालाई ढुंगा प्रहार गरेको बताइएको छ ।
सो विषयमा अहिले थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

