सराङ्गकोट सहकारीको रक्तदानमा ३३ युनिट रगत संकलन
पाेखरा | पुस १, २०८०
पोखरा: सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १७ औ बार्षिक उत्सवको अवसरमा लायन्स क्लव अफ पोखरा दर्पणको संयुत्त आयोजनामा खुल्ला रत्तदान गरेको छ। रत्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन भएको थियो ।
मानवीय कार्यमा सहकार्यको भावना भन्ने उद्देश्य सहित रत्तदान गरीएको सहकारीका अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।
कार्यक्रम शुभारम्भ गदै संस्थाका पुर्ब अध्यक्ष एवं लायन्स डिष्टिक प्रमुख प्रेम बहादुर जि.सी ले पहिलो रत्तदातालाई आकस्मीक रत्तदान समुहका प्रमुख हरिश्चन्द्र शर्मा, क्लवका अध्यक्ष एवं इन्जिनियर किरण के।सी लाई ब्लड ब्याग हस्तानतरण गदै सदस्य सेवा सङ्गै सामाजिक कार्यमा लाग्नु नै सच्चा मानवसेवा भएको बताए ।
सहकारीका अध्यक्ष कृष्ण बहादुर थापाको सभापत्तित्वमा भएको कार्यक्रममा क्लवका जोन प्रमुख विजेन्द्र शर्मा पुर्व अध्यक्ष राममणी पौडेल, रत्तसंचार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली , लायन्स लिर्डर अमृत वराल , बालकृष्ण बराल ,जनप्रिय क्याम्पसका कोषाअध्यक्ष गणेश बहादुर अधिकारी , कार्यक्रम संयोजक शिव बहादुर थापा ,लायन्स रत्तदान कार्यक्रम प्रमुख जितेन्द्र शाक्य , संस्थाका सचिव कुल प्रसाद सुवेदी लगायतले आ आफ्नो धारणा राखेका थिए । २०६३मा स्थापित सहकारीले स्थापना देखी नियमित रत्तदान सहित विविध सामाजिक कार्यमा सकृय रहदै कुल ६० करोड को कारोबार सहित कर्जा लगानी ५३ करोड रहेको छ । संस्थाले समुदायको लागी रेडियो सराङ्गकोट संचालन गदै आएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

