सिक्लेस -पोखरा सडक खण्ड तिन दिन देखि अवरुद्ध
पाेखरा | असार १२, २०७९
पोखरा : पोखरा-सिक्लेस सडक ३ दिनदेखि अवरुद्ध भएको छ ।
लगातारको भारी वर्षाका कारण पोखरा –सिक्लेस सडक खण्डमा ठाउँठाउँमा पहिरो जाँदा ३ दिनदेखि सडक अवरुद्ध भएको हो । गाउँपालिकाका अनुसार विभिन्न वडाका ५ ठाउँमा पहिरो गएकाले तत्काल सडक सञ्जाल सञ्चालनमा आउने सम्भावना कम छ ।
मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङले पोखरा–सिक्लेसका ठाउँठाउँमा ५ भन्दा बढी ठाउँमा पहिरो गएको जानकारी दिए । उनका अनुसार, मादी वडा नम्बर ७, वडा नम्बर ६ चिप्ली र तप्राङको बीचमा, मादी १ को क्वोंदो खोलाको वारि र पारि दुवै भागमा पहिरोले बाटो पूर्ण रुपमा क्षति पुर्याएको छ । ‘अहिले सिक्लेस आउने पूर्णरुपमा ठप्पै भएको छ । विकल्पमा पारिको ताङतिङको बाटो प्रयोग गरिरहेका छौं । तर, त्यहाँ पनि मादी नदीसम्म हिँडेर आउनुपर्छ,’ वडाध्यक्ष गुरुङले भने, ‘गाउँ आउने अरु सबै बाटा बन्द छन् ।’
पहिरोले बाटो बन्द हुँदा अत्यावश्यक काम गर्न पनि समस्या भएको गाउँपालिकाले जनाएको छ । यसबारे गाउँपालिकाले प्रदेश सरकारलाई जानकारी गराइसकेको वडाध्यक्ष गुरुङले सुनाए । ‘प्रदेशमा पनि निवेदन पुगिसकेको छ । काम गरिदिने एकखालको प्रतिवद्धता जनाएको छ । आज हामी जनप्रतिनिधि पनि भेट्दैछौं । गाउँपालिकाले पहिरो हटाउन काम गर भनेको छ,’ उनले भने, ‘तर, अहिले गर्ने भरेभोलि नै पानी पर्दा फेरि पहिरो गइहाल्छ । बनाउँदै, भत्किदै जान्छ । समस्या भइरहेको छ ।’
पोखरा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्। खुमा अर्याल फाउन्डेसन र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डक...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ न...
पोखरा: जनप्रिय बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको ऐतिहासिक गरिमालाई कायम राख्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार क्याम्पस परिस...

