मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
कैलाली | पुस ४, २०८०
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मंगलबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका–१ स्थित जंगल रिसोर्ट नजिकै मोटरसाइकल दुर्घटनामा परेको थियो।
सुदूरपश्चिम प्रदेश ०१०१० प ५०७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। बस्यालका अनुसार दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–२ विशाल चोकका अन्दाजी ३० वर्षीय भोजबहादुर शाहीको मृत्यु भएको हो।
उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा राति मृत्यु भएको हो।
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...
काठमाडौं: नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भक्...

