पोखरामा धाराको टुटी चोरी गर्ने सुरज प्रकाउ
पाेखरा | पुस ६, २०८०
पोखरा: पोखरामा धाराको टुटी चोरी गरेको आरोपमा प्रहरीले सुरज थापा मगरलाई प्रकाउ गरेको छ । धाराको टुटी चोरी भएको खवरपछि अनुसन्धानको क्रममा शंस्कापद अवस्थामा भेटिएका सुरज थापा मगरलाई चोरी भएको धाराको टुटी सहित हिजो प्रकाउ गरेको वडा प्रहरी कार्यालय बगरले जनाएको छ ।
पोखरा महानगरपालिका–२५ हेम्जास्थित नेवारेखोला तथा झाँक्री खानेपानी उपभोक्ता समितिको कार्यालयबाट स्थानीय उपभोक्ताहरुलाई वितरण गर्न लागिएको खानेपानीको धारा चोरी भएको खवरपछि शंस्कापद अवस्थामा भेटिएको सुरजले भिरेको झोलाबाट २८ थान धाराको टुटी, रेगुलेटर ३ थान र टिकाको थाली ३ थान फेला पारेको छ ।
नेवारेखोला तथा झाँक्री खानेपानी उपभोक्ता समितिको कार्यालयबाट स्थानीय उपभोक्ताहरुलाई वितरण गर्न लागिएको खानेपानीको धाराको ६० थान धाराको टुटी र रेगुलेटरको भल्भ १८ थान चोरी भएपछि समितिले प्रहरीलाई खवर गरेको थियो ।
धाराको टुटी चोरी गरेको आरोपमा प्रकाउ परेका सुरजलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्धामा म्याद थप गरेको अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

