सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानको रक्तदानबाट ४८ युनिट संकलन

पाेखरा | पुस ८, २०८०

सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानको रक्तदानबाट ४८ युनिट संकलन

पोखरा:   सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानले शनिवार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रमबाट  ४८ युनिट संकलन भएको छ ।


पोखरामा रगतको अभाव भएकाले केही थप सघाउ पुर्र्याउने उद्देश्यसहित रक्तदान आयोजना गरिएको हो ।

 

चिप्लेढुंगामा आयोजित कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले रक्तदान गर्नुहुदै कार्यक्रमको उद्घाटन गरे ।

 

उनले सो अवसरमा बोल्दै तमुहरुको महान पर्व, नयाँबर्ष तमु ल्होछार आगमनको अवसरमा पहिलो पटक सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानले आयोजना गरेको कार्र्यक्रम अत्यन्तै सफल भएको र आगामी वर्षदेखि निरन्तरता दिन अनुरोध गरे ।

 

उनले नेपालका लागि वीरगति प्राप्त गर्नुभएका पुर्खाहरुको स्मृतिमा स्थापित संस्थाद्धारा आयोजित कार्यक्रममा रक्तदान गरी मानविय सेवा पुर्याउनुभएका सबैलाई धन्यवादसमेत व्यक्त गरेका थिए ।

 

कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाइटी कास्की रक्त सञ्चार सेवा केन्द्रको प्राविधीक सहयोग र कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न सहयोगीहरुले आर्थिक सहयोग गरेका थिए ।
 

प्रतिष्ठानका अध्यक्ष अनरेरी क्यापटेन धर्मध्वज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नाथु प्रल्हाद रिभानचौर ङेह«ो पैगीलामा परिवारका अध्यक्ष क्याप्टेन डम्बरबहादुर गुरुङले स्वागत र प्रतिष्ठानकी सचिव हरिमाया गुरुङले कार्यक्रम संचालन गरेकी थिइन ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्