लेकसाइडमा सकियो रोटरी कार्निभल
पाेखरा | पुस ९, २०८०

पोखरा: पोखराका विभिन्न ९ वटा रोटरी क्लबहरुको आयोजनामा लेकसाइडमा ‘रोटरी कार्निभल–२०२३’ सम्पन्न भएको छ ।
शनिबार फेवाताल किनार खहरेमा आयोजित रोटरी कार्निभल उद्घाटन गर्दै रोटरी इन्टरनेशनल ३२९२ का गभर्नर राजेन्द्रप्रसाद ध्वजुले हरेक जोनमा रोटरी कार्निभल गर्नुपर्नेमा जोड दिए । उनले रोट्र¥याक्टलाई पनि समेट्दै फेलोसिपसँगै सामाजिक सेवामा कार्निभल उपयोगी हुने बताए ।
डिष्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइरालाले यस किसिमको कार्यक्रम रोटरीमा महत्वपूर्ण रहेको भन्दै निरन्तरताको कामना गरे । उनले रोटरीको सार्वजनिक छवि बढाउन, पर्यटन प्रवद्र्धन तथा संस्कृतिको संरक्षणमा कार्निभल सहयोगी हुने बताए ।
कार्यक्रममा डिष्ट्रिक्ट सेक्रेटरीद्वय दुर्गा सुवेदी, दिनेशराज मानन्धर, असिस्टेन्ट गभर्नरहरु जयराम पौडेल, ईश्वरप्रसाद कर्माचार्य, पुरन कुँवर, रोटरी बानेश्वरका अध्यक्ष विष्णु कार्की, रोटरी भरतपुरका पूर्व अध्यक्ष आईपी ढकाल, रोटरी कार्निभलका परिकल्पनाकार सुभाष सिग्देल लगायतले मनोरञ्जन र फेलोसिपसँगै सामाजिक सेवामा रोटरी कार्निभल महत्वपूर्ण रहेको बताए । कार्यक्रमको संयोजन रोटरी न्यूरोड पोखराका अध्यक्ष रामविक्रम अधिकारीले गरेका थिए ।
गत वर्ष रोटरी क्लब अफ पोखरा न्यूरोड एक्लैले कार्निभल गरेकोमा यसपालि बृहत् बनाउन रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत पोखराका ९ वटै क्लबहरुले संयुक्त आयोजना गरेको रोटरी लेकसाइड अध्यक्ष शोभाकान्त सिग्देलले बताए ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिनुका साथै कौडा, तामाङ्सेलो, सालैजा, झोरा लगायत नृत्य पनि देखाइएको रोटरी प्याराडाइजका पब्लिक इमेज चेयरपर्सन तथा सहसचिव जसु गुरुङले बताइन् । नृत्य स्टार्स स्टूडियोको संयोजनमा भएको थियो ।
रोटरी कार्निभलका परिकल्पनाकार सुभाष सिग्देल पोखरामा पर्यटन प्रवद्र्धनसहित लोकसंस्कृतिको जगेर्नाका लागि आफूहरुले अझ बृहत् रुप दिन यसपालि पोखराका ९ वटै क्लब लागेको बताए ।
कार्निभलबाट बचत रकम जाजरकोट भूकम्पपीडितको सहयोगार्थ केही ठूलो प्रोजेक्ट गर्ने योजना रहेको उनले बताए । गत वर्ष पनि बचत करिब ७० हजार पोखरामा सार्वजनिक शौचालय, कलेज व्यवस्थित गर्न र पुनर्निर्माणमा खर्चिएको रोटरी क्लब अफ पोखरा न्यूरोडका पूर्व अध्यक्ष समेत रहेका सिग्देलले बताए ।
आयोजनास्थल आसपासका करिब १० रेष्टुरेन्टले सहभागीलाई विभिन्न प्रकारका खानाका परिकार पस्किएका थिए । जसमा उनीहरु रातिसम्मै रमाए । कार्यक्रममा धन्यवाद ज्ञापन रोटरी लेकसाइड अध्यक्ष शोभाकान्त सिग्देलले गरेका थिए ।
रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत १ सय ५४ क्लब छन् । तीमध्ये एउटा भुटान र बाँकी नेपालमा छन् । पोखरामा रोटरी क्लब अफ पोखरासहित रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत न्यूरोड, लेकसाइड, मिडटाउन, फिस्टेल, अन्नपूर्ण, लेखनाथ, प्याराडाइज र गण्डकी क्लब सञ्चालित छन् ।
काठमाडौं: नेपाल प्रहरी प्रधान कार्यालयले ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारजनलाई जनही दश लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्र...
काठमाडौं: मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । जेनजी आन्दोलनकाक्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक दिवस मनाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।अस...
काठमाडौं: नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हालेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पदबहाली गरेका हुन्। उनी पूर्व अर्थसचिव प...