जरोटुप्पोमा भूपीका कवितामा विश्वदृष्टिको परिचर्चा

पाेखरा | पुस ११, २०८०

जरोटुप्पोमा भूपीका कवितामा विश्वदृष्टिको परिचर्चा

पोखरा:    पोखरामा ८९ औं भूपी जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ । 


जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजना तथा पोखरा प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा भूपी विमर्श र काव्य उत्सवसहित जन्मजयन्ती मनाइएको हो ।


‘भूपीका कवितामा विश्वदृष्टि’ अवधारणापत्र प्रस्तुत गर्दै अध्येता गौरी तमूले साहित्यका विविध विधामा विश्वदृष्टिको परिचर्चा भए तापनि कवितामा न्यून रहेका बेला भूपीका कविताको विश्वदृष्टिको चर्चा वर्तमानको आवश्यकता रहेको बताइन् ।


अवधारणामाथि टिप्पणी गर्दै सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष उप–प्राध्यापक विष्णुप्रसाद शर्माले भूपी शेरचनका कविताको आयाम बृहत् हुँदाहुँदै सबै आयामबाट परिचर्चा हुन नसकेको बेला अध्ययनको दायरा बढाइनु सान्दर्भिक रहेको धारणा राखे ।


लोकगायिका हरिदेवी कोइरालाले अक्षरका पुजारीले गरेको योगदानको कदर नै स्वस्फुर्त हुने स्मरण भएको बताउँदै भूपी शेरचनले कल्पेको समाज निर्माण आज पनि हुन नसक्नु दुखको कुरा रहेको बताइन् । 
भूपी शेरचनका आफ्नै सालाबाबु डा सोमतसिंह तुलाचनले भूपीले आफ्नो उर्जाशील जीवन साहित्य सिर्जनामा लगाएकाले उनको व्यक्तित्व आज जीवन्त रहन पुगेको बताए ।


पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकालले अग्रज स्रष्टा साधकले समयको कालक्रममा पु¥याएको योगदानको परिचर्चामा प्रतिष्ठान क्रियाशील रहँदै आएको जानकारी दिए । 


उनले राज्यबाट निर्मित सीमित बजेट र मापदण्डका कारण चाहेर पनि प्रज्ञा–प्रतिष्ठानले आवश्यकतानुकूल कार्यक्रम गर्न नपाएकोमा चिन्तासमेत व्यक्त गरे ।


कार्यक्रम संयोजक कृष्णप्रसाद पौडेलले जरोटुप्पो संरक्षण साहित्य समाज नेपाल स्थापनकालदेखि  भानुजयन्ती, मोतीजयन्ती, लक्ष्मीजयन्ती, समजयन्ती, पृथ्वीजयन्ती, विनोद गौचनजयन्ती, भूपीजयन्ती, पारिजातजयन्तीलाई नेपाली वाङ्मयका जरा मानेर नियमित कार्यक्रमलाई अगाडि बढाउने क्रममा यसपटक भूपी विमर्शसहितको काव्यउत्सव आयोजना गरिएको बताए ।


जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानका संरक्षक प्राध्यापक कुञ्जराज थापाले भूपी शेरचनको आफ्नो परिवारसँगका स्मृति र ३० को दशकबाटै शेरचनले आफूलाई कर्मनिष्ठ स्रष्टाका रूपमा चिनाएको स्मरण गरे । 


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालका सदस्य दुर्गा शाह बाबाले साहित्य लेखन यात्रा र भूपीका विविध आयामबारे धारणा राख्दै भूपी अथक र पृथक पहिचानका साधक रहेको बताए ।


थकाली सेवा समितिका अध्यक्ष ई. रुजिन्द्र तुलाचनले भूपीको योगदानको स्मरणमा प्रत्येक दुई वर्षमा संस्थाले साहित्यिक प्रतिभाको प्रोत्साहनका लागि पुरस्कार अर्पण गर्दै आएको बताए ।


वडा नं. ३ की सचिव चन्द्रावती वाग्लेले नेपाली कविता विधाका कालजयी स्रष्टाकारूपमा भूपीलाई चिनाइन् ।


नुमराज बराल, छविलाल आचार्य, आवाज शर्मा, रमा पराशर, देवेन्द्र केसी, नरेन्द्र रानाभाट, पदम नेपाल, सुवास गुरुङलगायतले कवितावाचन गरेको कार्यक्रममा प्राडा यमबहादुर पौडेल र असफल गौतमले पनि बोलेका थिए । 
 

काठमाडौं:   मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । जेनजी आन्दोलनकाक्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक दिवस मनाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।अस...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हालेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पदबहाली गरेका हुन्। उनी पूर्व अर्थसचिव प...

थप पढ्नुहोस्

काठमाडौं: नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पद बहाली गरेका हुन् ।  अर्याललाई गृह ...

थप पढ्नुहोस्