होटलमा मृत भेटिए पुरूष, सँगै रहेकी महिला पक्राउ

सिरहा | पुस ११, २०८०

होटलमा मृत भेटिए पुरूष, सँगै रहेकी महिला पक्राउ

सिराहा:   सिराहाको मिर्चैयास्थित होटलमा एक पुरूष मृत फेला परेका छन्।

 

कटारी चोकमा रहेको ओखलढुङ्गे होटलमा बुधबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर २ का ४० वर्षीय मुकेशप्रसाद कर्ण मृत फेला परेका हुन्। हृदयघातका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।

 

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार ती पुरूष होटलको कोठामा अचेत भएपछि सँगै रहेकी महिलाले होटल सञ्चालकलाई खबर गरेकी थिइन्।


ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाइएको जनाएको छ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्