बालकुमारीमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवाको पनि मृत्यु

काठमाडाैं | पुस १३, २०८०

बालकुमारीमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवाको पनि मृत्यु

काठमाडौं:     ललितपुरको बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका अर्का एकजना युवाको  पनि मृत्यु भएको छ। मृत्यु हुनेमा डोटीका वीरेन्द्र शाह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए।


उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सोही घटनामा अर्का घाइते दैलेखका सुजन राउतको मृत्यु भइसकेको छ। अर्का एकजना युवा पनि गम्भीर घाइते अवस्थामा रहेको प्रहरीले बताएको छ। प्रहरीले २३ जना प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ।


शुक्रबार अपरान्ह भौतिक,पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र गोली चलाएको थियो।


सोही क्रममा करिब एक दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन्। उनीहरूको पाटन र किष्ट अस्पतालमा उपचार भइरहेको छ।  कोरियन भाषा परीक्षाको विषयलाई लिएर  विरोध प्रदर्शमा उत्रिएका युवाहरूले मन्त्री सवार गाडीमा आगजनी गरेका थिए। प्रदर्शनकारीहरूले मन्त्री ज्वाला चढेको गाडी रोकेर सुरुमा हावा फुस्काइ दिएका थिए। त्यसपछि आगो लगाएका थिए। आगजनीबाट बा २ झ  ५८६१ नम्बरको गाडी ध्वस्त भएको छ।


आगजनीपछि बालकुमारी क्षेत्र तनावग्रस्त बनेको थियो। 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्