बोट रेसमा स्विमिङपुलघाट विजयी
पाेखरा | पुस १४, २०८०
पोखरा: रेवान पोखराद्वारा आयोजित २५ औं पोखरा सडक महोत्सवमा खेलकुदका विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । शनिबार बिहान फेवातालमा भएको खुल्ला डुङ्गा दौड प्रतियोगितामा स्विमङपुल घाट ‘ए’ ले प्रथम, गौरीघाट द्धितिय तथा बाराहीघाट तृतीय भए । प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार, द्धितियले नगद १० हजार तथा तृतीयले नगद ५ हजार सहित प्रमाणपत्र पुरस्करा प्राप्त गरे ।
विजयी टोलीलाई रेवान पोखराका पूर्वाध्यक्ष गणेशबहादुर भट्टराई, पोमनपा वडा नम्बर ६ का पूर्व वडा सदस्य हरि पहारी, कार्यक्रम संयोजक बिरेन्द्र लामा लगायतले पुरस्कार वितरण गरेका थिए । त्यसअघि भएको संस्थागततर्फको प्रतियोगितामा टान गण्डकी प्रथम, रेवान पोखरा द्वितिय तथा नेपाल टुरिजम भ्यान एशोसिएसनले तृतीय स्थान हाँसिल गरेका थिए ।
सडक महोत्सवमै भएको वेटर रेसमा बेन्जन रेष्टुरेण्टका रेशमबहादुर अर्याल प्रथम, चिल्ली बारका सुनिल गुरुङ्ग द्धितिय तथा बेन्जनकै सौरभ ठकुरी तृतीय भए । उनीहरुले क्रमश नगद १० हजार, ७ हजार र ५ हजार सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरे । वेट्रेसफर्त बेन्जनकी मोनिका नेपाली प्रथम, बेन्जनकै माया घले द्धितिय तथा बेलिफका रश्मी तिवारी तृतीय भइन् । उनीहरुले नगद ७ हजार, ५ हजार र ३ हजार नगद सहित प्रमाण पत्र पुरस्कार प्राप्त गरे । विजेतालाई प्रायोजक कोकाकोला कम्पनीका प्रतिनिधी, रेवान पोखराका पूर्वाध्क्ष बलराम पहारी लगायले पुरस्कृत गरे ।
मःम खाने प्रतियोगितामा पुरुषतर्फ प्रकास गुरुङ्ग प्रथम, गोबिन गाहा द्धितिय तथा खगेन्द्र अर्याल तृतीय भए । महिलातर्पm मिसु पुन प्रथम, सीता नेपाली द्धितिय तथा विष्णु थापा मगर तृतीय भए । उनीहरुलाई रेवान पोखराका पूर्वाध्यक्ष भिमसेन भुजेल, महोत्सव संयोजक विश्वराज पौडेल लगायतले विशेष पुरस्कार प्रदान गरे ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

