जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

काठमाडाैं | पुस १७, २०८०

जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

काठमाडौं:   मध्यजापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दिउँसो ३:३० सम्म ४८ पुगेको छ । इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमा थुप्रै घाइते भएको बताइएको छ । प्रधानमन्त्री किशिदा फुमियोले मङ्गलबार पत्रकार सम्मेलनमा सो अपडेट गराउनुभएको हो ।


“प्रभावित क्षेत्रमा भारी मेसिनरी पठाउन पनि गाह्रो बनाइरहेको छ । हामी मार्गहरू सुरक्षित गर्ने तरिका बारे सोचिरहेका छौँ र तीमध्ये जहाजहरू प्रयोग गर्नु एउटा विकल्प हुन सक्छ,” एनएचकेले प्रधानमन्त्रीलाई उद्धृत गर्दे उल्लेख गरेको छ ।


सोमबारदेखि जापानमा कम्तीमा एक सय ५५ वटा भूकम्पका धक्का अनुमान गरिएको छ ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्