गुल्मीमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते
गुल्मी | पुस १८, २०८०
गुल्मी: गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धा घाइते भएका छन् । गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरका ६९ वर्षीय मुना महत आगो ताप्ने क्रममा जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी डिल्लीनारायण पाण्डेका अनुसार मङ्गलबार साँझ करिब ५ः०० बजेको समयमा खाना पकाउने दाउराको चुलोमा आगो ताप्ने क्रममा महत आफूले लगाएको सुतीको साडीमा अचानक आगो लागि दुवै खुट्टा जलेर घाइते घाइते हुनुभएको हो भएका हुन् ।
घाइते महतको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारको लागि पाल्पाको मिसन अस्पतालमा रिफर गरिएको छ । दुवै खुट्टाको ३७ प्रतिशत भाग जलेको डाक्टरद्वारा जानकारी प्राप्त भएको बताइएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

