छोम्रोङका दिपेन्द्रलाई घोडा दौडको उपाधि
पाेखरा | पुस २०, २०८०
पोखरा: २५ औं ल्होछार घलेल महोत्सवमा आयोजितमा घोडा दौडको उपाधि छोम्रोङका दिपेन्द्र गुरुङले जितेका छन् । बौद्ध सृजना युवा क्लबले तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा आयोजना गरेको घोडा दौडमा छोम्रोङका दिपेन्द्र गुरुङ प्रथम, उल्लेरीका सुमित पुन द्धितिय र छोम्रोङका अमित गुरुङ तृतीय भए । घोडा दौडमा प्रथममा भएका गुरुङले ४० हजार र द्धितीय भएका पुनले २० हजारसहित प्रमाणपत्र प्राप्त गरे ।
कास्कीको माछापुच्छ«े गाउँपालिका ८/९ घलेलमा पुष १५ देखि २० गतेसम्म २५ औं ल्होछार घलेल महोत्सव भएको थियो । ल्होछार घलेल महोत्सवमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल, पौढ भलिबल, ठेलो, रस्साकस्सी, अन्धानिशान, सामुहिक नृत्य, घोडा दौडे, महिला कुर्ची दौड प्रतियोगिता सम्पन्न भएको छ ।
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

