४७ तेक्वान्दो खेलाडीलाई बेल्ट वितरण
पाेखरा | पुस २१, २०८०
पोखरा: इम्प्याक्ट तेक्वान्दो डोजाङले ४७ जना तेक्वान्दो खेलाडीलाई बेल्ट वितरण गरेको छ । पोखरा महानगरपालिका ५ प्रस्याङमा रहेको उक्त तेक्वान्दो डोजाङले शनिबार ४७ जना खेलाडीलाई बेल्ट वितरण गरेको हो । ४० जना खेलाडीलाई पहिलो र ७ जना खेलाडीलाई पहेलो हरियो बेल्ट प्रदान गरिएको डोजाङका प्रशिक्षक निरोज बहादुर नेपालीले जानकारी दिए ।
खेलाडीलाई प्रमुख अतिथि पोखरा महानगरपालिका ५ का वडाध्यक्ष विष्णु बराल, कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङले बेल्ट प्रदान गरेका थिए । कार्यक्रममा ललितसिंह धामी, आनन्द सिग्देल, डोजाङका संस्थापक प्रकाश पुराजुली, सुदीप कोइराला, मिरा गुरुङ, सुरजकुमार माझी, निशान नेपाली र अर्जुन गुरुङको सहभागीता थियो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

