कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाजको अध्यक्षमा न्यौपाने निर्वाचित
पाेखरा | पुस २२, २०८०
पोखरा: कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीको अध्यक्षमा जीवलाल न्यौपाने निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न भएको साधारण सभा तथा तेस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्ष विष्णु भट्टराई पाण्डे, सचिव लीलाबल्लभ न्यौपाने, कोषाध्यक्ष मणिराज भट्टराई, सहसचिव भीमलाल भट्टराई चुनिए ।

सदस्यमा हरिकला पाण्डे, वडा नम्बर ५ को संयोजक तथा सदस्यमा पवित्रा पाण्डे, वडा नम्बर ४ को संयोजक तथा सदस्य राजन पाण्डे, वडा नम्बर ६ को संयोजक तथा सदस्य वेदप्रसाद भट्टराई, वडा नम्बर ३ को संयोजक तथा सदस्य जयप्रसाद भिँले, वडा नम्बर ७ को संयोजक तथा सदस्य गोपाल भट्टराई, वडा नम्बर २ को संयोजक तथा सदस्य गीता भेँडी र वडा नम्बर १ को संयोजक तथा सदस्य रुकेश सुनार निर्वाचित भएका छन् ।
सल्लाहकारहरु प्रसिद्ध गायक पुरुषोत्तम न्यौपाने, एलबी राना, भोजराज पाण्डे, चोलाकान्त पाण्डे, केबी राना, लेखनाथ न्यौपाने र वेदप्रसाद पाण्डे लगायतको सहजीकरणमा नयाँकार्यसमिति चयन भएको हो । निर्वाचन समिति संयोजक भोजराज पाण्डे थिए ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

