पोखरामा ८ जुवाडे १ लाख बढी नगदसहित प्रकाउ
पाेखरा | पुस २२, २०८०
पोखरा: पोखरा महानगरपालिका–१२ चापानीमा जुवातास खेलिरहेका ८ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले प्रकाउ गरेको छ । पोखरा–१२ चायापानीस्थित मैत कुमारी गुरुङले जुवातास खेलाई रहेको गोप्य सूचनाको आधारमा ८ जना जुवाडेलाई शनिबार प्रहरीले प्रकाउ गरेको हो ।
प्रकाउ परेका ८ जना जुवाडेको साथबाट प्रहरीले १ लाख ३५ हजार ९ सय ८५ रुपैयाँसहित ४ बुक तास बरामद गरेको छ ।
प्रकाउ पर्नेमा पोखरा महानगरपालिका १० रामबहादुर बस्ने ५० वर्षीय पञ्चमाया गुरुङ, शिशुवा बस्ने ४० वर्षीय गोपी गुरुङ, फुलबारी बस्ने ५२ वर्षीय पूर्णिमा गुरुङ, दीप बस्ने ४६वर्षीय रुपा गुरुङ, पोखरा १३ बस्ने ५२ वर्षीय देवीबहादुर गुरुङ, फुलबारी बस्ने ४१ वर्षीय धुत प्रसाद गुरुङ, चायापानी बस्ने ५२ वर्षीय मैतकुमारी गुरुङ र मकवानपर हेटौडा स्थायी घर भई पोखरा ११ रानीपौवा बस्ने ५५ वर्षीय कृष्णमायाँ थापालाई जुवातास खेल्दै गरेको अवस्थामा प्रकाउ परेका हुन् ।
प्रकाउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

